News & Events

  • Home
  • News & Events
Face of the week president of WYESHR

29 July, 2018

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !


कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम गर्दै आइरहेकी छिन । भावनाको प्रारम्भिक शिक्षा कंचनपुरको सुर्य अंग्रेजी बोर्डिङ स्कुलमा भयो भने उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय बाट मास्टर्स डिग्री गर्दैछिन ।

को हुन भावना अयेर ?

सन २०१३ बाट एनजीओको जागिरे जिवनबाट यात्रामा अगाडि बढाएकी भावना एक मिलनसार र हिम्मतिलो स्वभावकी महिला पनि हुन । समाज सेवा र मानव अधिकारमा महिला युवा शक्तीकरण भन्ने संस्थामा भावना प्रेसिडेन्टको रुपमा काम गर्दै आएकीछन । आफू डेढ वर्षको हुँदा बुबाको दुर्घटनामा परी मृत्यु भएपछि आफनो परिवारको दुःखका दिन शुरु भएको भावना बताउन छिन ।

दुई सन्तानकी जेठी भावनाका बुबाको मृत्युहुदा भाई एक्काइस दिनको र आमाको समेत त्यो बेला १९ वर्षको कलिलो उमेर मै भोग्नु परेको त्यो दिनको पीडाले अहिले पनि भावनालाई निकै मर्माहित बनाउने गर्दछ । बाबको हात समाउदै विद्यालय जान नपाउदै खेप्नु परेको त्यो पीडा भावनालाई अहिले पनि असहिय भएर आउने गर्दछ । साघुरो समाजको संकुचित सोचाइमा फस्टाएको कुसंस्कारले छुन नपाउदै आमाले सानो उमेरबाट नै होस्टेलमा राखेर पढाउन शुरुगरि दिएको भावना बताउछिन । आमाले गरेको त्यो वेलाको संघर्ष देखेर अहिले आफुलाई पनि यो ठाउँ सम्म आइपुग्न हिम्मत मिलेको भावना बताउछिन । अहिले पनि महिला, युवा तथा बालबालिकाको हितका लागि सधै अग्रपंक्तिमा नै देखिन्छिन् भावना ।

संस्थागत रुपमा भावनाले पुरयाएका योगदानहरु

बाल बालिकाको शोषण तथा महिलाहरुको वेचविखन, व्यवसायिक यौन शोषण, दुर्ववहार र हिंसाबाट संरक्षण गर्दै उनिहरुको मानव अधिकार सुनिश्चित गर्ने कुरामा सधै भावना लागि रहिन । हिंसा तथा द्धन्द पीडित बाल बालिका, महिला तथा युवाहरुलाई स्वरोजगार बनाउने देखि अन्यायमा परेकाहरुको न्यायका निमित्त वकालत गर्न मदत पनि गर्ने गरेको भवना बताउछिन ।

सानै उमेर देखि समाजसेवामा लागेकी भावना अयेर चुनौती संग कति पनि डगमगाउदिनन । मध्यम बर्गिय पारिवारिक पृष्ठभुमिमा हुर्किएकी भावनालाई पक्कैपनि त्यो सुदुरपश्चिमको समाज सगं लड्न त्यति सहज भने थिएन तर पनि आफ्नो आमा परिवारको साथ सहयोगले सामाजिक कार्यमा अगाडि बढ्न सफलता मिल्दै गयो । २०७५ सालमा विप्लव नेम्वाङ –लिम्बु) सङ्ग बैहिबाहिक जिवन शुरु भयो । साधुरो सोच पालेको हाम्रो समाजमा फरक संस्कृतिका बिचको मिलनले भावनालाई खासै प्रभाब पार्न सकेन । भावनाको परिवार र आमा पनि समाज परिवर्तन चाहाने नारी भएकैले पनि आफ्नो बैवाहिक जिवनमा कुनै असरपार्न सकेन । भावनाले अहिले आफनो श्रीमानलाई एउटा जिवनसाथी मात्र नभएर आफनो भविष्यको रोडम्याप तयार पार्ने गूरुको रुपमा समेत लिने गरेकी छन ।

भावनाको अवको सामाजिक यात्रा

एउटी नारीलाइ एक्लो हुँदा काम गर्न जति सजिलो हुन्छ वैवाहिक जिवन सुरु भएपछी त्यस्तो सहज हुन्न तर पनि भावना आफुलाइ भाग्यमानी ठान्दछिन । आफुलाइ सफल र अगाडि बढ्न प्रेरित गर्नुहुने सासू, ससुरा अनि दिदी लगायत सम्पूर्ण परिवारले नै हौसला बढाउने गरेकाले पनि अबको यात्रा पनि तेति कठिन होला भन्ने ठान्दिनन भावना । भावनाको बmुझाईमा जीवन संघर्ष हो जहाँ हरेक पाइलामा आइपर्ने चुनौतीलाई चिरेर सफलताका लागि निरन्तर प्रयास गर्नु नै मानिसको सार्थक जीवन हो ।

भावना भन्छिन यहि कहि कतै तपाईहरु घरेलु हिंसा, बाल शोषणमा पर्नुभएको छ भने त्यो पीडा सहेर नबस्नुस अधिकार मागेर मात्र पाईने वस्तु हाईन त्यसैले अहिले काकी लडाई लडेर त्यो अधिकार प्राप्त गर्नुपर्ने हुन्छ । अर्कालाई पीडा दिने व्याक्ती आफैमा अपराधि हो तर त्यो पीडालाई सहेर बस्नु पनि अर्को अपराध हो । त्यसैले कुनै पनि हिंसा र पीडालाई लुकाएर नबस्नुहोस त्यो नै तपाईको महानता हुने छ । अनि त्यसले तपाईलाई सफलता पनि हासिल गराउनु छ भन्ने बुझाई भावनामा रहेको छ ।

News published: Hamro Damak

https://www.hamrodamak.com/2018/07/33316/?fbclid=IwAR0AMBWGE9h-4Bk1fr_FLBJpTNlF3jLrIlg0V3RSYhJQJnTGduG4_hCI4e4