News & Events

  • Home
  • News & Events
Child marriage program in  Province- 7 Sanphbagar

19 January, 2020

बालबिवाह न्युनिकरण सम्बन्धी कार्यक्रम साफेबगरमा सम्पन्न

साफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले पछिल्लो समय अभिभावको जर्बरजस्ती नभई प्रबिधिका कारण बालबिवाह बढेको बताउनु भएको छ । समाज सेवार मानव अधिकार महिला युवा शसक्तिकरणको आयोजनाले साफेबगर नगरपालिकामा आयोजना गरेको बालबिवाह न्युनिकरण सम्बन्धी कार्यक्रममा प्रमुखअतिथि बुडथापाले सामाजिक सन्जाल,मोवायलका कारण बालबिवाह बढेको बतउानु भयो ।
े बालक्लबका पदाधिकारीकाले बालबिवाह गर्ने गरेकाले पनी बालबिविह न्युनिकरणमा चुनौती थपिएको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि मेल्लेख गाउपालिकाका उपाध्यक्ष धनबहादुर शाहले बालबिवाह सम्बन्धी कानुन बने पनी काुनुन कार्यान्वयनको अवस्था फितलो भएका कारण समस्या भएको बताउनु भयो । उपाध्यक्ष शाहले बालबिवाह सम्बन्धी मुद्धा आएपनी पार्टीगत हिसाबले हेर्ने गरेकाले पनी चुनौती थपिएको बताउनु भयो । उहाले अझै पनी अशिक्षा,गरिबी,चेतनाको कमीका कारण बालबिवाह न्युनिकरण हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा साफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा अध्यक्षधुब्र थापा, वडा सदस्यहरु एकेन्द्र भुल, दिपक कुवर, जनकल्याण माबीका प्रधानाध्यापक भीमबहादुर बुढा, बर्च्हिल एकेडेमीका प्रीन्सिपल नन्दकला भट्टराई,बैधनाथ बेद बिद्या आश्रमका प्रधानाध्यापक देबराज उपाध्याय लगायतका दातृ निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजनाका प्रमुख भावना ऐरले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतवार, माघ ५, २०७६
news published by: Radio Sanphebagar