News & Events

  • Home
  • News & Events
समाज सेवा र मानव अधिकारमा महिला युवा सशक्तिकरणद्वारा ९८ परिवारलाई राहत वितरण

19 June, 2020

काठमाण्डौ । समाज सेवा र मानव अधिकारमा महिला युवा सशक्तिकरण संस्थाले राहत वितरण गरेको छ ।
द फ्रिडम फण्डको आर्थिक सहयोगमा उक्त संस्थाले शुक्रबार काठमाण्डौ, ललितपुरमा बसोबास गरी दैनिक ज्याला मजदुरी गर्ने ९८ परिवारलाई राहत वितरण गरेको हो ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई न्यूनिकरण गर्नका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै काठमाण्डौ ललितपुरमा बसोबास गर्दै आइरहेका दैनिक ज्याला मजदुरी गर्नेहरुको दैनिकी कष्ट बन्दै गएसँगै राहतमा चामल, दाल,नुन, तेल, मास्क, सेनिटरी प्याड लगायतका सामग्री वितरण गरेको छ ।
काठमाण्डौस्थित सामाखुसिमा बस्दै आएका व्यस्क मनोरन्जन क्षेत्रमा काम गर्ने २८ जना, ललितपुर खुमलटारका १० जना श्रमिक महिलालाई राहत सामाग्री वितरण गरेको समाज सेवा र मानव अधिकारमा महिला युवा ससक्तिकरण संस्थाकी अध्यक्ष भावना ऐरले जनकारी दिईन ।
उनका अनुसार सोहि दिन गोदाबारी नगरपालिका १३ झरुवारासीका वडाध्यक्ष भास्कर थापा र नव ज्योती माध्यमिक विद्यालयका प्रधानध्यापक हरिहर लामिछानेको समन्वयमा ३० जना इट्टाभट्टामा काम गर्ने श्रमिक परिवालाई पहिचान गरी राहत वितरण गरिएको छ ।

सरकारले कार्यन्वयन गरेको लकडाउनको अवधी लम्बिएसँगै ब्यस्क मनोरन्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको जनजीवन कष्टकर बन्दै गएकाले कोहि पनि श्रमिकहरु भोकै बस्न नपरोस भन्ने उद्देश्यले नै राहत वितरण गरेको संस्थाकी अध्यक्ष भावना  ऐरले बताईन ।

News Published- Our Biratnagar 

https://ourbiratnagar.net/2020/05/116949?fbclid=IwAR2fQmLhxHrC3P8hYOxKNsE0c5SNVDQJ66XbOdC0lDnQMB6C2mAskBEr8CQ